१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल

जनजीवनलाई सहज बनाउने बारे स्वास्थ्य मन्त्रालयको धारणा (भिडियो सहित)

जनजीवनलाई सहज बनाउने बारे स्वास्थ्य मन्त्रालयको धारणा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ । काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनुका साथै फिल्महल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरुलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो । उहाँले कोरोनाका बिरामीहरु अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताउनु भयो ।

सह प्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित ३४ लाख रहेको र ती मध्ये ३० लाख बालबालिकाहरुले खोपको पहिलो मात्रा लगाइसकेको बताउनु भयो । उहाँले यो उमेर समूहका बाँकी ४ लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको बताउनु भयो । सह प्रवक्ता अधिकारीले कोरोना संक्रमण भइ निको हुनेको संख्या बढी रहेकोले उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताउनु उल्लेख गर्नुभयो ।

सह प्रवक्ता अधिकारीले भन्नुभयो, ‘कोभिड १९ संक्रमणको पछिल्लो अवस्था हेर्ने हो भने दैनिक रुपमा संक्रमण पुष्टि हुनेहरुको संख्या कम हुँदै गएको छ । अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि सुधार हुँदै आइरहेको अवस्था छ । यद्यपी कोरोनाको जोखिम भने कायम छ । हामीले जोखिमबाट शतर्कता अपनाउनु पर्ने, सावधान रहनुपर्ने कुराहरु छँदैछन् । सबै कुराहरुको विश्लेषण गर्दा अहिले पछिल्लो अवस्था जनजीवनलाई पनि सहज बनाउँदै जनस्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना गर्दै जाँदा सबैलाई सहज हुने भन्ने सोचेर सरकारले पछिल्ला निर्णयहरु लिँदै गइरहेको अवस्था छ । हामीले बालबालिकाको कुरा गर्यौं भने पनि १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित रुपमा ३४ लाख जति खोप लगाउनु पर्नेछ ।

मोडर्ना र फाइजरको खोप एक मात्रा प्रयोग भएको तथ्यांक हेर्दा ३० लाखको हाराहारी प्रयोग भएको देखिन्छ । त्यस्तै ११ लाख जतिले दोस्रो मात्रा पनि लगाएको देखिन्छ । जुन खोप हामीले १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुलाई लगाइरहेका छौँ । ४ लाख जति बालबालिकाहरु खोप लगाउन बाँकी हुनुहुन्छ । उहाँहरुलाई पनि चाँडै खोप लगाइसक्न सक्छौँ भन्ने हिसावले काम गर्दैछौँ । अरु जनसंख्याको हिसावले पनि हे¥यौं भने लक्षित जनसंख्याको निकै ठूलो प्रतिशतलाई हामीले खोप लगाइसकेका छौँ । यसरी खोप लगाइसकिएको प्रतिशत र छोटो समयमा धेरै व्यक्तिहरु संक्रमित भएर निको बन्नुभएको हिसावले उहाँहरुसँग तत्काल प्राकृतिक रुपमा आर्जन गरिएको रोग प्रतिरोधात्मक क्षमता पनि छ । अर्को, जनस्वास्थ्यका मापदण्डको विषयमा हामी धेरै जानकार छौँ । हामीले सबै कुराहरु पालना गर्दै जान्छौँ भन्ने कुराको अपेक्षासहित जनजीवनलाई खुकुलो बनाउने सरकारले कदमहरु लिन थालेको हो । जसले जोखिमका बीचमा पनि हामी सजग भएर सुरक्षित रहनसक्ने अवस्था हुनसक्छ भन्ने हाम्रो अनुमान हो ।’

सह प्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।