६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बागमती प्रदेश अधिवेशनः ओली समूहले भोट हाल्ने लिस्ट बाँडेपछि…



अ+ अ-

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत भइरहेको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले नै प्यानल बनाएको छ ।

ओलीले प्यानल बनाए उम्मेदवार नै खारेज गर्ने चेतावनी दिए पनि चुनाव जित्न उनको समर्थन रहेको समूहले नै लिस्ट बाँडेको पाइएको हो ।

चुनावमा कैलाश ढुंगेलको नेतृत्वमा प्यानल लिस्ट नै बनाएर मतदातालाई बाँडिएको छ ।

ढुंगेलविरुद्ध मकवानपुरका कृष्णप्रसाद दाहालले अध्यक्षमा प्रतिस्पर्धा गरेपछि अध्यक्ष ओली समर्थित समूहले प्रदेश अध्यक्ष, पदाधिकारी र सदस्यमा प्यानल नै बनाएर भोट मागेको हो ।

आज शुक्रबार दिउँसो साढे १ बजेपछि शुरू भएको मतदानमा ओलीको समर्थन पाएको ढुंगेल समूहले प्यानलको सूची नै प्रकाशित गरेर भोट मागिरहेको छ ।