• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

पाकिस्तान विष्फोट: बाउन्न जनाको मृत्यु, चवन्न घाइते



इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घाइतेहरूको बलुचिस्तान र क्वेटाका अस्पतालमा उपचार भइरहेको जनाएको छ । विष्फोटमा एक जना प्रहरी अधिकारीले पनि ज्यान गुमाएका छन् ।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले छानबिन आयोग गठन गरेको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले यथाशक्य चाँडो छानबिन प्रतिवेदन पेश गर्न आग्रह गरिएको बताउनुभएको छ ।

क्वेटा र बलुचिस्तानका अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरेका उपचारको व्यवस्था गरिएको छ । अहिलेसम्म विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन । रासस