काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क नलगाई हिडने १३२५ जनालाई आज कारबाही गरेको छ । प्रहरीका अनुसार ३२२ जना महिला र १००३ जना पुरुष गरि १३२५ जनालाई कारबाही गरेको हो ।
विश्वभर फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी काठमाडौमा समेत संक्रमण बढ्दै गएको छ । सोको रोकथाम तथा नियन्त्रणका लागि सङक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आज विहान प्रहरीले केहि समय होल्ड गरेरसम्झाई वुझाई गरि पठाएको थियो।











