१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बागमती प्रदेश निर्वाचन: १६२ पदमा निर्विरोध



अ+ अ-

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटीको चुनावमा १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको आजसम्म आइपुग्दा २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएका छन् । ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिए ।

अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी रहेको छ । एमाले पार्टी कार्यालय च्यासलमा जारी अधिवेशनमा एमालेले ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरेको छ ।

बागमती प्रदेश अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल अघोषित प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् ।