• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   डडेल्धुरामा पहिरामा परी शिक्षकको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द ★   दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला ★   दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री पुन ★   प्रधानमन्त्रीले विश्वासको मत पाउने सांसद दाहालको दाबी ★   असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौः प्रमुख सचेतक बर्तौला ★   ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छ: काँग्रेस सांसद बडू ★   बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा ★   विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु ★   विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ : प्रधानमन्त्री ★   प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो: सांसद शर्मा

सर्वसाधारण लक्षित आन्दोलन नगर्न गृह सचिवको चिकित्सकहरुलाई आग्रह



काठमाडौँ । गृह सचिव दिनेश भट्टराईले चिकित्सकहरुलाई सर्वसाधारण लक्षित आन्दोलन नबनाउन आग्रह गर्नुभएको छ ।

विभिन्न अस्पतालमा चिकित्सकहरुमाथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरु आन्दोलनरत छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शुक्रबार उपस्थित गृह सचिव भट्टराईले चिकित्सकहरुको मागमा सरकार गम्भीर रहेको बताउनुभयो ।

चिकित्सकहरु सडकमा आएको ६र८ घन्टाभित्र मुख्य मुद्दा सम्बोधन गरेको उहाँको भनाइ थियो । “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने प्रतिबद्धता भइसकेपछि पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता नदिइदिन अनुरोध गर्छु ।”

गृह मन्त्रालय सुरक्षाको बन्दोबस्त गर्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीहरुलाई विशेष अनुरोध छ, वार्ताद्वारा सम्बोधन हुनसक्ने, दीर्घकालीन नीतिगत प्रबन्धद्वारा हुनसक्ने विषयलाई सडकमा आएर सेवा नै अवरुद्ध गरेर गर्न जरुरी छैन ।”