• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड ★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो ! ★   दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा ★   सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु ★   विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौँ: परराष्ट्रमन्त्री श्रेष्ठ

स्टार खेलाडी विमल घर्तीमगर पनि विदेश पलायन



काठमाडौं । राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्तीमगर पनि उज्वल भविष्यको लागि विदेश पलायन भएका छन् ।

एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीबाट खेलेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् । राष्ट्रिय टीमका महत्वपूर्ण खेलाडी विमलको यो पलायन नेपाली फुटबलमा गम्भीर धक्का परेको छ ।

उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका छन्। नेपालले विमलको कप्तानीमा २०१५ मा आयोजना भएको पहिलो यु १९ साफ च्याम्पियनसिप जितेको थियो ।

राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि उनको नाममा छ । विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए ।

अस्ट्रेलिया जानुअघि उनले नेपाली राष्ट्रिय टीमका प्रशिक्षकलाई जानकारी गराएका थिए र आफूलाई राष्ट्रिय टीममा समावेश नगर्न आग्रह गरेका थिए ।

पछिल्लो समयमा करिब तीन दर्जन फुटबलरहरु अस्ट्रेलिया पलायन भइसकेका छन् ।