• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

एम्वुलेन्समा गाँजा बोकेपछि…



मोरङ । मोरङ विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को।१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो ।

गाँजा बरामद भए संगै राजन अधिकारी फाउण्डेसन धरान द्धारा संचालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान-११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको BR 38AFO336 नम्वरको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर(१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ ।

लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।