९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित



अ+ अ-

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण  पुष्टि  भएको  स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल  यादवले  जानकारी  दिए ।

सुनसरीको  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो ।

वृद्ध महिलामा सङ्क्रमण पुष्टि भएपछि उनको परिवारका १५ सदस्यको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण  पुष्टि  भएको  निमित्त  प्रमुख यादवले जानकारी दिए । केही दिनअघि  परिवारका ६० वर्षीय एक पुरुष भारतको राजस्थानबाट  फर्किएको निमित्त प्रमुख यादवले जानकारी दिए । सङ्क्रमित ११ जनालाई होम आइसोलेसन गरिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।