२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्सिङमा ऐतिहासिक पदक विजेता सुस्मा पराजित



अ+ अ-

काठमाडौँ । बक्सिङमा आशा गरिएका दुई खेलाडी सुस्मा तामाङ र भुपेन्द्र थापाको जारी १९ औं एसियाडमा चुनौति समाप्त भएको छ ।

हाङझाओको जिम्नाजियम बुधवार पुरुष ६३.५ केजीमुनि भुपेन्द्र चाइनिज ताइपेइका लाई चुन इनसँग र सुस्मा महिला ५० केजीमुनि कजाखस्तानकी किजाइबे नाजिमसँग पराजित भएका हुन् ।

भुपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुद(साग) मा स्वर्ण विजेता हुन् भने सुस्माले नेपालको बक्सिङ इतिहासमा ऐतिहासिक सफलताको कीर्तिमान छ । सुस्माले गत वर्ष थाइल्याण्डमा यु–२२ एएसबिसी बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिइन् । यसै एशियाली खेलकुदका लागि नेपालको बक्सिङले विदेश प्रशिक्षकका साथै अन्तर्राष्ट्रिय प्रशिक्षणको अवसर पनि पाएको थियो ।

त्यसकारण पनि बक्सिङबाट पदकको आशा गरिएको थियो । अनुभवी बक्सर भुपेन्द्र र पछिल्लो वर्ष मात्र ऐतिहासिक पदक ल्याएकी सुस्माबाट सुखद प्रदर्शन हुने आशा रहेपनि उनीहरूले पहिलो खेल नै जित्न सकेनन् । सुस्मा अन्तिम १६ मा कजाखस्तानकी नाजिमसँग ५–० ले सहजै पराजित भइन् । भुपेन्द्रले भने एक जजको नतिजा बराबरीमा पारे पनि ४–० को नतिजा सुम्पिन बाध्य भए । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौति तय थियो र अब तीन खेलाडीले खेल्न बाँकी छ ।

पहिलो खेलमा जित निकालेका रविन थापाले ५१ केजीमुनि तौलसमूहको अन्तिम १६ मा उत्तर कोरियाका सो चोनरियोङसँग बिहीवार प्रतिष्पर्धा गर्नेछन् । महिला ५७ केजीमुनि तौलसमूहमा चन्द्रकला थापाले अन्तिम १६ मा थाइल्याण्डकी बुएपा पोन्र्टिपसँग खेल्नेछिन् । महिला ७५ केजीको क्वार्टरफाइनलमा सरस्वती रानाले भियतनामकी लु डिइमसँग खेल्दैछिन् । चन्द्रकलाले शुक्रवार र सरस्वतीले शनिवार आ–आफ्नो प्रतिष्पर्धा चुनौति प्रश्तुत गर्ने तय छ ।