२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्सिङमा ऐतिहासिक पदक विजेता सुस्मा पराजित



अ+ अ-

काठमाडौँ । बक्सिङमा आशा गरिएका दुई खेलाडी सुस्मा तामाङ र भुपेन्द्र थापाको जारी १९ औं एसियाडमा चुनौति समाप्त भएको छ ।

हाङझाओको जिम्नाजियम बुधवार पुरुष ६३.५ केजीमुनि भुपेन्द्र चाइनिज ताइपेइका लाई चुन इनसँग र सुस्मा महिला ५० केजीमुनि कजाखस्तानकी किजाइबे नाजिमसँग पराजित भएका हुन् ।

भुपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुद(साग) मा स्वर्ण विजेता हुन् भने सुस्माले नेपालको बक्सिङ इतिहासमा ऐतिहासिक सफलताको कीर्तिमान छ । सुस्माले गत वर्ष थाइल्याण्डमा यु–२२ एएसबिसी बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिइन् । यसै एशियाली खेलकुदका लागि नेपालको बक्सिङले विदेश प्रशिक्षकका साथै अन्तर्राष्ट्रिय प्रशिक्षणको अवसर पनि पाएको थियो ।

त्यसकारण पनि बक्सिङबाट पदकको आशा गरिएको थियो । अनुभवी बक्सर भुपेन्द्र र पछिल्लो वर्ष मात्र ऐतिहासिक पदक ल्याएकी सुस्माबाट सुखद प्रदर्शन हुने आशा रहेपनि उनीहरूले पहिलो खेल नै जित्न सकेनन् । सुस्मा अन्तिम १६ मा कजाखस्तानकी नाजिमसँग ५–० ले सहजै पराजित भइन् । भुपेन्द्रले भने एक जजको नतिजा बराबरीमा पारे पनि ४–० को नतिजा सुम्पिन बाध्य भए । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौति तय थियो र अब तीन खेलाडीले खेल्न बाँकी छ ।

पहिलो खेलमा जित निकालेका रविन थापाले ५१ केजीमुनि तौलसमूहको अन्तिम १६ मा उत्तर कोरियाका सो चोनरियोङसँग बिहीवार प्रतिष्पर्धा गर्नेछन् । महिला ५७ केजीमुनि तौलसमूहमा चन्द्रकला थापाले अन्तिम १६ मा थाइल्याण्डकी बुएपा पोन्र्टिपसँग खेल्नेछिन् । महिला ७५ केजीको क्वार्टरफाइनलमा सरस्वती रानाले भियतनामकी लु डिइमसँग खेल्दैछिन् । चन्द्रकलाले शुक्रवार र सरस्वतीले शनिवार आ–आफ्नो प्रतिष्पर्धा चुनौति प्रश्तुत गर्ने तय छ ।