४ भाद्र २०८३, बिहीबार
,
Latest
महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१९ च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपको सेमिफाइनलमा आज घरेलु टोली नेपालले भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ । घरेलु दर्शकको भरपुर साथ रहने नेपाल भारतलाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ । यद्यपि, बलियो टोली भारतविरुद्ध खेल्न नेपाललाई सहज भने हुने छैन ।

नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ४–१ गोलले पराजित गर्दै समूह उपविजेता बनेर सेमिफाइनलमा स्थान बनाएको हो । भारत भने समूह बी को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस्तै, आज दिउँसो पाकिस्तान र भुटानले पनि फाइनलमा स्थान बनाउन सेमिफाइनल खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो १ः३० बजे दशरथ रंगशालामा नै हुनेछ । ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको यस च्याम्पियनसिपमा माल्दिभ्स र बंगलादेश समूह चरणबाटै बाहिरिएका छन् ।

२०१५ देखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतले समान दुई–दुई पटक उपाधि जितेका छन् ।

फाइनल खेल शनिबार साँझ ५ः३० बजे हुनेछ ।