६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

ओलीको प्रश्न: २०८४ को चुनावसम्म पुग्दाखेरी देशमा कुनै उद्योग भन्ने चिज रहन्छ ?

ओलीको प्रश्न: २०८४ को चुनावसम्म पुग्दाखेरी देशमा कुनै उद्योग भन्ने चिज रहन्छ ?
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताउनुभएको छ ।

मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको अध्यक्ष ओलीको जिकिर थियो । मंगलवार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नै नभएको बताउनु भयो । नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभएपनि २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि भन्ने चिन्ता लागेको पनि बताउनु भयो । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिएपनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उहाँले दाबी समेत गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘अहिलेको अवस्थामा सामान्य हिसावले हुने स्थिति छैन । सिटामल खाएर काम लाग्ने स्थिति छैन । यो रोग हट्दैन । एकछिनको ज्वरो पनि हटनेस्थिति छैन अहिलेको अवस्थामा । यसको खास उपचार नगर्ने हो भने अव जरैदेखि रोग लागेको छ । माथि टुप्पोमा पातमा यसो छर्किनु भयो केही भने त्यो पातमा लागेको कीरा भए पो पातमा स्प्रे गर्दा हुन्थ्यो । जरादेखि लागेको छ भने, काण्डदेखिनै लागेको छ भने हाँगाहाँगाबाट फैलिएको छ भने त्यसको उपचार त्यसैगरी हुनुपर्छ । अहिलेको अवस्था त्यहानिर पुगेको छ । कतिपयलाई फेरी लाग्छ सक्छ यो अभिव्यक्तिले एमालेलाई सरकार जान हतार भएछ कि क्यो हो ? हतार होइन । एमालेलाई सरकारपट्टी वास्ता पनि छैन, चिन्ता पनि छैन । हामी मिशन २०८४ मा लागेका छौं । चुनावकै हिसावले, सरकारकै हिसावले भन्नुहुन्छ भने मिशन २०८४ मा लागेका छौं ।

तर हामी के देखिरहेका छौं भने २०८४ को चुनावसम्म पुग्दाखेरी देशमा कुनै उद्योग भन्ने चिज रहन्छ ? रहँदैन । सेयर बजारको क्यापिटल मार्केटको जुन कुरा भयो । त्यो मार्केट रहन्छ कि रहँदैन ? यहाँ बाहिरका प्लेन आउँछन कि आउँदैनन ? हाम्रा प्लेन बाहिर जान्छन् कि जाँदैनन् ? पर्यटनको अवस्था त्यस्तै छ । अव हामी जसरी आधुनिकीकरणतर्फ जानुपर्ने, जस्तो नयाँ नेपालतर्फ जानुपर्ने, हाम्रा मुद्रा सबल हुनुपर्ने, मुद्रा सबल हुन अर्थतन्त्र बलियो हुनुप¥यो । अर्थतन्त्र बलियो हुन उत्पादन बढनुपर्ने हो । निर्यातका लागि उत्पादन बढनुपर्ने, हरेक परिवारको घाटा बजेट नहोस् । त्यसका निम्ति उत्पादन बढनुपर्ने । उत्पादन बढाउने बाहेक त अर्को कुनै उपाय नै छैन । हरेक ठाउँमा उत्पादन वृद्धि । त्यसका निम्ति के कदम चालिएको छ त ? के भएका छन त ? केही नै भईराखेको छैन । अहिलेको अवस्थामा सरकार कसरी टिकाउने ? यसैमा ध्यान छ ।

सरकार टिकाउने कुरामा । कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने सरकारमा हुनेहरुलाई फुर्सद पनि छैन । त्यसकारण हामी यो छलफल आयोजना गरिरहेका छौं । अघि एक जना साथीले भन्नुभयो–प्रतिपक्षमा हुँदामात्रै यस्ता कार्यक्रम गर्ने होइन, सत्तामा हुँदा पनि गर्नु पर्छ भनेर । म स्मरण गराउन चाहन्छु–म प्रधानमन्त्री हुँदा यस्ता कार्यक्रम उद्यमी, व्यवसायीका संघ, संस्थादेखि लिएर उद्योगी, व्यवसायीहरुसँग पटकपटक अन्तरक्रिया कार्यक्रम गरेको छु । र, यहाँसम्म मैले त्यतिबेला भनेको छु–उद्यमी, व्यवसायीहरुले आफ्ना क्षेत्रका कस्ता काम, कस्ता नियम बनाउनु पर्छ, मस्यौदा गरेर ल्याउनुस्, त्यो कुनै संविधान विपरित छैन भने, वास्तवमा देशलाई अपm्ठ्यारोमा पार्ने, घाटामा पार्ने, हुन्छ नि कहिलेकहिले सेक्टरल कुरा गर्दाखेरी त्यसले समग्रतामा चाहीँ क्षति पुग्न सक्छ । त्यस्तो कुरालाई बाहेक राखेर अरु कुरामा तपाईका ड्राफ्टहरु संसदमा लगेर पारित गराएर अघि बढाउँछु । मैले तपाईहरुसँग यो भनेको छु ।

उद्योग वाणिज्य महासंघ वा चेम्बर र अरु विभिन्न व्यवसायिक संघ, संस्थाहरु, उहाँहरुसँग मैले पटकपटक इन्टररियाक्ट गरेको छु । र, कसरी अर्थतन्त्र अगाडि बढाउने, यत्तिकै ७ दशमलव १ पर्सेन्ट २०७६ सालमा पुगेको होइन । एक्पर्ट बढेको थियो । इम्र्पोट घटेको थियो । म प्रधानमन्त्री हुँदा नौं लाख मानिसहरुको जीवनमा परिवर्तन आएको थियो । र, निरपेक्ष गरिवीको रेखामुनिबाट माथि उठेका थिए । बाहिर जाने श्रमशक्ति १८ प्रतिशत घटेको थियो । यही मान्छेहरु आफ्नो व्यवसाय गर्न थालेका थिए । रेमिटेन्स बढेको थियो । यस्ता थुप्रै कामहरु हामीले गरेका थियौ । अव म साथीहरुलाई के भन्न चाहन्छु भने हामी सरकारसँग पनि छलफल गर्छौं । राष्ट्र बैंकसँग पनि कुरा गर्छौं । राष्ट्र बैंकले बैंकहरुलाई निर्मम साहुजी बनाउने होइन । उद्यमका, विकासका सहयोगी संस्थाका रुपमा विकास गर्नुपर्छ, परिचालन गर्नु पर्छ ।

रिजनेवल ब्याजदर कहिलेकहिले कुनै कारणले ब्याजदर बढ्छ भने पनि सधँै त्यसलाई स्टयाण्डर बनाएर लैजान सकिँदैन । रिजनेवल ब्याजदरमा फेरी घटाउनु पर्छ । १५ प्रतिशत ब्याजमा ऋण लिएर तीन तीन महिनामा मिटरब्याजी, त्यति चर्को ब्याजमा पैसा लिएर कुनै काम कसैले शुरु ग¥यो भने के प्रतिफल आउँछ ? पाँच वर्षसम्म काम गर्नु पर्छ । त्यतिबेलासम्म तिर्नै नसक्ने गरी ढाड सेकाइएको हुन्छ । उत्पादन सुरु नै भएको हुँदैन । उत्पादन नभई रिटर्न कहाँबाट गर्छ ? त्यस्ता कुरामा व्यवहारिक ढंगले लैजानु पर्दछ । पहिलो कुरा त सरकार यी सबै कुराहरु बुझ्ने हैसियतमा हुनुपर्यो । ऊसँग त्यो अवसथा बुझ्ने ल्याकत सरकारमा छैन । सरकारमा त्यो प्रतिवद्धता हुनुपर्यो । चिल चिल भन्दै गर्ने, यतापट्टै कुखुरा चोर्दै गर्ने प्रवृत्तिबाट, भ्रष्टाचार कसैको पनि भए सहन्न भनेर यतातिर उफ्रियो, यतातिर तस्करीको लाईन चलाएर । यो तरिकाबाट अर्थतन्त्र कसरी सवल हुनसक्छ ?’

अध्यक्ष ओलीले व्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने आश्वासन पनि दिनुभयो । त्यसैगरी उहाँले चर्को ब्याजदर व्यवसायीहरुलाई नलिन नेपाल राष्ट्र बैंकलाई सचेत समेत गराउनु भयो ।