२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीको मार्कीमा आशिष चौधरी



अ+ अ-

काठमाडौँ । साबिक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीका रुपमा राष्ट्रिय फुटबल टोलीका सदस्य आशिष चौधरीसँग सम्झौता गरेको छ ।

२३ वर्षीय आशिषले चर्च ब्वाइज युनाइटेडबाट सहिद स्मारक लिग ‘ए’ डिभिजन खेलेका थिए । उनको टोली डेब्युमै सहिद स्मारक लिगको विजेता बनेको थियो ।

बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका आशिषले ६ क्याप जितिसकेका छन् । आशिष एनएसएलको पहिलो सहभागितामै मार्की खेलाडीमा अनुबन्ध भएका हुन् ।

नेपाल सुपर लिगको दोस्रो संस्करणको अक्सन शनिबार हुँदैछ । दोस्रो संस्करणका लागि गत वर्ष नै अक्सन भएको थियो । तर, धेरै खेलाडी विदेश गइसकेकाले फेरि अक्सन हुने भएको हो ।

१० टोलीको समावेश हुने भनिएपनि विराटनगर सिटी एफसीले भाग नलिने भएपछि ९ टोलीले दोस्रो संस्करणको एनएसएलमा प्रतिस्पर्धा गर्दैछन् ।