२२ श्रावण २०८३, शुक्रबार
,
Latest
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै प्रतिनिधिसभा : जनताले भोगेका समस्या समाधान गर्न आग्रह मध्यपुरथिमिको चार वर्षः शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र संवद्र्धन गर्न सक्नुपर्दछ: उपराष्ट्रपति यादव



फाइल फोटो
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मूर्तिकार कालु कुमालेका अद्वितीय कलाको संरक्षण र प्रवद्र्धन गर्न सक्नुपर्ने बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच मूर्तिकार कुमालेको ‘देउता बनाउने मान्छे’ नामक पुस्तक सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उपराष्ट्रपति यादवले मूर्तिकार कुमालेजस्तो महत्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्नुपर्ने समेत बताउनु भयो ।

उहाँद्वारा सृर्जित मूर्तिहरु मठ, मन्दिर, विहार, गुम्बाहरुमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड एल्वर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकको उल्लेख गर्दै उहाँले यो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि बताउनु भयो । उपराष्ट्रपति यादवले मूर्ति बनाएरै देशविदेशमा समेत लोकप्रिय हुनुभएका मूर्तिकार कुमाले अन्य कलाकारहरुका लागि पनि प्रेरणा र उत्पेरित गर्ने व्यक्तिको रुपमा स्थापित हुनु भएको पनि स्पष्ट पार्नुभयो । उहाँले मूर्तिकार कुमालेले मूर्ति बनाएर पनि जीवनयापन गर्न सकिन्छ भन्ने दृष्टान्त पेश गरेको भन्दै खुशी व्यक्ति गर्नुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, ‘कुनैपनि संस्कृतिले संस्कार दिन्छ । यही संस्कारकै कारण ६ सय भन्दा बढी मूर्तिको सृजना गरिसक्दा पनि उहाँ ९१ वर्षको उमेरमा पनि आफ्नो मूर्तिकला विद्यालाई जीवन्तता दिन सक्रिय र क्रियाशील हुनुहुन्छ । संस्कृति आफ्नो लचिलोपनका बाबजुत बिस्तारै परिवर्तन हुन्छ । र, यही प्रक्रिया अनुरुप त्यसले व्यक्तिको व्यक्तित्वलाई विस्तारै विस्तारै प्रभाव पार्दछ । यो प्रभाव यतिधेरै गहिरो र प्रभावकारी हुन्छ, त्यो मात्रै प्रभाव नरहेर उसको व्यक्तित्वको अभिन्न अंग बन्न पुग्छ । संस्कृतिको यसै प्रभावले नै व्यक्तिको निर्माण हुन्छ, गर्छ । मूर्तिकलामार्फत शहरी अभिजात्य संस्कृति होइन, लोक संस्कृतिलाई समृद्ध बनाउन उहाँले गर्नुभएको सृजनात्मक कार्य प्रशंसनीय छ । उहाँले मूर्तिकलामा बेजोड सौगात र अजम्बरी सृजना प्रस्श्ुत गर्नुभएको छ ।

उहाँद्वारा सृर्जित मूर्तिहरु मठ, मन्दिर, बिहार, गुम्बाहरुमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड अल्बर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकको जानकारी पाएर अत्यन्तै खुशी लागेको छ । उहाँको यो महत्वपूर्ण योगदान र ऐतिहासिक कार्य सिंगो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि हो । मूर्तिकार कालु कुमालेद्धारा सृर्जित मूर्तिहरु अवलोकन गर्दा त्यसमा उहाँको मौलिक शिल्पहरु प्रशस्तै देख्न सकिन्छ । क्रोधकलामार्फत उहाँले केही फरक र रैथाने संस्कृति, मूल्य, आदर्श र परम्परालाई स्थापित गर्नुभएको छ । क्रोधकलाको असली पारखी भएरै उहाँका मूर्तिहरुमा क्रोध, आक्रोश देखिएयता पनि उद्दार र सहिष्णभावहरु पनि सजिलै नियाल्न र अवलोकन गर्न सकिन्छ । यो भनेको उहाँको प्रयोगशील सोच र अद्वितिय कला प्रर्दशन गर्ने भोककै उपज हुनुपर्दछ ।

चित्रभाषा बुझ्नेहरुले कलाकार कालु कुमालेले सृजना गरेको मूर्तिहरुमा उहाँको हृदय र मस्तिष्क दुवैको समान्जष्यता दुवै भेटाउन र पाउन सक्छ । मूर्ति बनाएरै जीवनयापन गर्न सक्छु भन्ने विश्वास नभएका व्यक्तिले अनगिन्ति मूर्तिहरु बनाउन सफल हुनु चान्चुने विषय हुँदै होइन । तिनै मूर्तिहरुका कारण उहाँ लोकप्रिय हुनुहुन्छ । देशविदेशका मानिस उहाँलाई भेट्न आउने गर्दछन् । यो अन्यका लागि प्रेरणादायी र उत्प्रेरित गर्ने खालको विषय पनि हो । अझ गरिव किसान परिवारमा जन्मिएर पनि आफ्नो धैर्य र लगनशीलताले शिखर चुम्न सकिँदो रहेछ भन्ने तथ्यको एउटा साक्षात र ज्वलन्त उदाहरण पनि उहाँ बन्नुभएको छ । मूर्तिकार कालु कुमालेजस्तो महत्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई हामी सबैले सम्मान गर्दै उहाँका अद्वितीय कलाको संरक्षण र प्रवद्र्धन गर्न सक्नुपर्दछ ।’

उपराष्ट्रपति यादवले कुमालेले मूर्तिकलाको माध्यामबाट गरिव किसान परिवारमा जन्मिएर पनि धैर्य र लगनशील भए सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण पेश गर्नुभएको पनि उल्लेख गर्नुभयो ।