२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्न अफगानिस्तानको टोली भारत पुग्यो



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तान क्रिकेट टोली आज मंगलबार (२६ सेप्टेम्बर)भारत पुगेको छ ।

विश्वकप २०२३ अक्टोबर ५ बाट खेलिनेछ । अफगानिस्तानको टोलीले भारत पुगेपछि सामाजिक सञ्जालमा तस्बिरहरु शेयर गरेको छ । जानुअघि पनि टोलीले सामाजिक सञ्जालमा थुप्रै तस्बिर शेयर गरेको थियो ।

अफगानिस्तानको टोलीले विश्वकप सुरु हुनुअघि दुई अभ्यास खेल खेल्नेछ । पहिलो खेल २९ सेप्टेम्बरमा दक्षिण अफ्रिका र दोस्रो खेल ३ अक्टोबरमा श्रीलंकासँग हुनेछ ।

अफगानिस्तानको पहिलो खेल बंगलादेशसँग र दोस्रो खेल भारतसँग हुनेछ । भारत र अफगानिस्तानबीचको खेल अक्टोबर ११ मा दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । अफगानिस्तानले सेमिफाइनलअघिको अन्तिम खेल नोभेम्बर १० मा दक्षिण अफ्रिकासँग खेल्नेछ ।