२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ई: सङ्ग सङ्गै उभिएर कमल थापाले भने – “मलाई बालेन मनपर्छ,मलाई ई: मनपर्छ”



अ+ अ-

काठमाडौं । जवाफदेहीताको माग गरेर आठ दिन देखि लगातार उभिईरहेका सामाजिक अभियन्ता ई: को काममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् ।

थापा राष्ट्रिय सभा गृहको गेटमा उभिरहेका ई: भएको स्थानमा पुगेर सङ्गै उभिएका थिए ।

अहिले थापा सहितको टिम राष्ट्रिय सभा गृह बाहिर छ । थापाले “मलाई बालेन मनपर्छ, मलाई ई: मनपर्छ। ई: ले उठाएका मुद्दा जायज छन्। “सडक,फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ।यो राज्यको कर्तव्य हो।यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ” भन्ने प्ले कार्ड छातिमा टासेका थिए ।

थापा सङ्गै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, सहायक महामन्त्री ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजङ्ग भण्डारी ,किसान संगठनका महासचिब जनक फडेरा लगायत उपस्थित रहेका थिए ।