२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान क्रिकेट टिमले भारत आउन भिसा पायो



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट टोलीलाई एकदिवसीय विश्वकप खेल्न भारत आउने भिसा प्राप्त भएको छ । टोली सेप्टेम्बर २७ मा भारत आउनेछ । उसले सेप्टेम्बर २९ मा न्युजिल्यान्डसँग वार्मअप खेल पनि खेल्नेछ ।

पाकिस्तानी टोली सोमबार बिहानै भारत आउने योजनामा थियो तर, भिसा मिलिरहेको थिएन । यसै कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा यसबारे गुनासो गरेको थियो । अब उजुरी परेको केही घण्टापछि टोलीको भिसा स्वीकृत भएको छ ।

ईएसपीएन क्रिकइन्फोका अनुसार पीसीबीले आईसीसीलाई पत्र लेखेर पाकिस्तानसँग यस्तो व्यवहार स्वीकार नगरिने बताएको थियो ।

यसअघि शुक्रबारसम्म भारतीय भिसा नपाएपछि पाकिस्तान क्रिकेट टोलीले दुबई हुँदै भारत आउने योजना रद्द गरेको थियो । अब पाकिस्तानी टोली सिधै हैदरावाद आउनेछ । क्रिकेट वेबसाइट क्रिकइन्फोले पाकिस्तान क्रिकेट टोली विश्वकपको अभ्यास खेलका लागि दुबई हुँदै हैदराबाद पुग्ने योजना बनाएको थियो । टोली केही दिन दुबईमा बस्ने योजनामा थियो । त्यसपछि हैदरावादमा हुने अभ्यास खेलका लागि उनीहरु भारत आउँदै थिए ।

एकदिवसीय विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ । पहिलो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । पाकिस्तानले अक्टोबर ६ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।