२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत



file photo
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताउनुभएको छ । विश्व फार्सी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फर्मसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिनुभयो ।

“अनुगमनका क्रममा धेरै ठाउँमा फार्मसीले दिएको सेवामा औषधि होइन, विषादी दिइरहेको पायौँ । अनुगमनपछि सुधारको जुन अपेक्षा गरिएको हो, त्योअनुसार सुधार भएको छैन । कारबाहीको प्रक्रिया निरन्तर अघि बढेको छ”, उहाँले भन्नुभयो । उहाँले फार्मसी सेवालाई गुणस्तरीय बनाउन फार्मसिष्ट आग्रह गर्नुभयो ।

“केही फार्मसिष्टले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मसिष्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । चिकित्सकको सिफारिस बिना लागुऔषध पनि वितरण भइरहेको छ । यस क्षेत्रको विकृतिलाई हटाउन हामी सबै गम्भीर बन्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

उहाँले फार्मसीको सङ्ख्या अनुसार फार्मसिष्ट परिचालन नभएको बताउनुभयो । कार्यक्रममा मन्त्री बस्नेतलाई सङ्घले फार्मसी क्षेत्र सुधारका लागि ऐतिहासिक कदम चालेको भन्दै सम्मान गरेको थियो । सङ्घका उपाध्यक्ष टक विकले मन्त्री बस्नेतले मन्त्रालयको कामको प्रशंसा गर्दै फार्मेसीको दर्ता र नवीकरण स्थानीय तहबाट उपलब्ध हुनुपर्ने माग राख्नुभयो ।

फार्मासिष्टहरुले गैरफार्मसी व्यक्तिले औषधि पसल सञ्चालन गर्ने, स्थायी दरबन्दीको कमी, निरन्तर फार्मेसी शिक्षा, अनुगमन एवं मूल्याङ्कनको अभाव र फार्मेसी अभ्यासको स्तरोन्नतिका लागि सरकारबाट आर्थिक र प्राविधिक सहयोगमा कमी भएको बताउनुभयो ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले तोकेको मापदण्ड पूरा गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले फार्मेसी क्षेत्रको सुधारका लागि तत्काल काम थाल्नुपर्ने बताउनुभयो । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले डिजिटल फार्मेसी विकासमा जोड दिनुभयो ।

प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मेसी दिवस मनाइँदै आएको छ । यसवर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइदैछ । नेपालमा छ हजार फार्मासिष्ट र १२ हजार सहायक गरी १८ हजार फार्मासिष्ट छन् । रासस