२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक छ: गृहमन्त्री श्रेष्ठ



अ+ अ-

विराटनगर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताउनुभएको छ ।

गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले सार्वभौमसत्ता, अखण्डता, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सद्भाव र सहिष्णुता र विकासका यात्रालाई पूरा गर्न आपसी एकता आवश्यकता हुनुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले समाजमा एकता र शान्तिसुरक्षा कायम राख्नुपर्ने बताउँदै देशमा देखिएका चुनौतिलाई समाधान गर्न राजनीतिक तहबाट असल वातावरण सिर्जना हुनुपर्ने र राष्ट्रिय सहमतिका लागि नयाँ वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयोे ।

उहाँले जातीय, भाषिक र सांस्कृतिक पक्षमा एकता कायम गराउन सबैसँग छलफल गरेर सहिष्णु बनाउनुपर्ने धारणा व्यक्त गर्दै लामो बलिदानी र सङ्घर्षबाट प्राप्त उलब्धिलाई रक्षा गर्न सबै राजनीतिक दलबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका छ जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रदेश सशस्त्र प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, प्रदेशस्तरीय राजनीतिक दलका प्रमुख, नागरिक समाज, उद्योगी एवं व्यापारिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । रासस