२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । गत भदौ २३ गते सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमु्ख सचेतक रेवतीरमण भण्डारीका अनुसार सोमबार दिउँसोसम्ममा मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले निरन राई, बुद्धिकुमार राजभण्डारी, लीलाबल्लभ अधिकारी र रामप्रसाद मेहतालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको प्रमुख सचेतक भण्डारीले जानकारी दिनुभयो । उनीहरुले पाउने मन्त्रालय भने टुंगिएको छैन ।

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसक्नुभएको छ । संविधानको धारा १६८ (३) अनुसार कोशीमा ठूलो दलको हैसियतमा एमाले सरकारले आगामी यही असोज २० गतेसम्ममा विश्वासको मत लिइसक्नु पर्नेछ ।