२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत शिक्षकका प्रतिनिधिले पनि सहमति गर्नुभएको हो : कार्यवाहक प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारसँगको वार्तामा राहत शिक्षकका प्रतिनिधि पनि सहभागी भएर सहमति गरेको बताउनुभएको छ ।

दुई दिनअघि सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सहमति भए पनि उक्त सहमतिमा विरोध जनाउँदै राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् ।

महासंघको नेतृत्वमा भएको आन्दोलनसँग सम्बन्धित शिक्षक संगठनका सबैप्रतिनिधि सहभागी भएर सहमति बनेको कावा प्रधानमन्त्री खड्काले बताउनुभयो ।

राहत शिक्षकका अध्यक्षहरु पनि सरकारसँगको वार्तामा सहभागी भएको उहाँको भनाइ थियो । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टी उपसभापति खड्काले भन्नुभयो, “तस्वीरमा पनि देखिन्छ र उप्रप्रधानमन्त्रीले मलाई त्यहीअनुसारको व्रिफिङ पनि गर्नुभएको छ ।’

उहाँका अनुसार सहमतिमा शिक्षकका धेरै कुरा सम्बोधन गरिएको र थप विषय विधेयक संशोधन, नियमावली र कार्याविधि मार्फत सम्बोधन गरिने छ ।

सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकहरुले प्रदर्शनलाई जारी राखेका छन् । उनीहरले सोमबार सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।




भर्खरै