• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

शेफिल्डको पोस्टमा न्युक्यासलको आठ गोल



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा न्युक्यासलले शेफिल्ड युनाइटेडलाई उसकै मैदानमा ८–० गोलले पराजित गरेको हो । न्युक्यासलको जितमा फरक–फरक आठ खेलाडीले गोल गरे ।

न्युक्यासललाई ऐतिहासिक जित दिलाउन सिन लङ्गस्टाफ (२१), डान बर्न(३१), स्भेन बोटम्यान (३५), कालुम विलसन(५६), एन्टोनी गोर्डन(६१), मिग्वेल एल्मिरन (६८), ब्रुनो गुइमारेज(७३) र अलेक्जान्डर इसाकले ८७ औं मिनेटमा गोल गरे ।

यो न्युक्यासलको हालसम्मकै ठूलो अवे जित समेत हो । यस्तै, सन् १९९९ पछिको ठूलो जित समेत हो । त्यस वर्ष न्युक्यासलले शेफिल्डलाई नै ८–० गोलले पराजित गरेको थियो । यस्तै, न्युक्यासल प्रिमियर लिगमा आठ फरक खेलाडीले गोल गर्ने पहिलो टोली समेत बन्यो ।

यो नतिजासँगै न्युक्यासल ६ खेलमा ९ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ । शेफिल्ड समान खेलबाट १ अंकका साथ तालिकाको पुछारमा झरेको छ ।