१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ



अ+ अ-

भोजपुर।  कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो । विसं २०४६ कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

फैसला भएको मुद्दा कार्यान्वयन गराउनका लागि प्रहरी हवल्दार चितरञ्जन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले आज पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो ।

फरार प्रतिवादी राईले स्थानीय बुद्धिकुमारको घरेलु हतियार खुुकुरी प्रयोग गरी दुवै हात छिनाएर गम्भीर घाइते बनाएका थिए । बुद्धिबहादुरको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । रासस