२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहको स्वागतमा उर्लिएको भक्तपुरवासी -फोटो फिचर



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्नुभएको छ ।

आईतवार अपरान्ह उहाँले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो ।भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।

पूर्वराजा शाहले भक्तपुर दरवार क्षेत्रको स्वर्णद्वारभित्र मुलचोकमा अवस्थित शक्तिको प्रतीक तलेजु भवानीको दर्शन र पुजा गरि प्रसाद ग्रहण गर्नुभएको तलेजु भवानीका पुजारी प्रा.डा.सिद्धिवीर कर्माचार्यले बताउनुभयो । प्रा.डा.कर्माचार्यका अनुसार तलेजु भवानीको नित्य पुजा भने आइतबार विहानै सम्पन्न भएकाे थियाे  ।

मल्लकालीन समय अर्थात १४ औं शताब्दिमा तलेजु भवानी काठमाण्डौ उपत्यकामा आएपछि तत्कालिन मल्ल राजाले १५ औं शताब्दिमा सो मन्दीर स्थापना गरिएको इतिहास छ । मल्ल राजाको ५५ झ्याले दरवारको पश्चितर्फको मुलचोकमा रहेको मन्दीरमा आसीन तलेजु भवानी दरवार र राजाको शक्तिसंग सम्वन्धित रहेको जनश्रुती रहेको छ ।

नेवार समुदायको प्रमुख आराध्यदेवी रहेकी तलेजु काठमाण्डौ उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरका तत्कालिन मल्ल राजाहरुले आ—आफ्नो दरवारको आडैमा मन्दीर बनाएर विराजमान गराएर राखेका थिए । त्यसबेलादेखि तलेजुको नियमितरुपमा राजा, राजपरिवार र नेवार समुदायले विशेष पुजाआजा गर्दै आएका छन् भने आम हिन्दुहरुले पनि पुज्दै आएका छन् । शक्तिकी देवी तलेजु भवानीको मन्दीर वर्षमा एक पल्ट बडादशैंको नवौं दिन अर्थात नवमीको दिनमा मात्रै सर्वसाधारणको लागि खोल्ने गरिन्छ ।

तलेजु मन्दीरमा नित्य र विशेष पुजाको लागि प्रज्ञेशराज राजोपाध्याय, नरेन्द्र प्रसाद जोशी, पद्यमलोचन कर्मार्चाय, प्रा।डा।सिद्धिवीर कर्माचार्य, महेश कर्माचार्य, वीरेन्द्रप्रसाद जोशी, ज्ञानेन्द्रवीर कर्माचार्य र मृगेन्द्रराज राजोपाध्याय गरि ८ जना पुजारी हुनुहुन्छ । तीनै पुजारीहरुले आज पूर्वराजा ज्ञानेन्द्रलाई तलेजु भवानीको नित्य पुजाको टीका, माला र प्रसाद दिनु भएको छ ।
तलेजु भवानीको पुजापछि पूर्वराजा शाहले दरवार क्स्वायरबाट पैदल टौमढी गएर टौमढीमा रहेको श्री भैरवनाथको पुजा गर्नुको साथै सिद्धिलक्ष्मीको दर्शन गर्नुभयो

स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएर पूर्वराजा शाहको स्वागत र सम्मान गरेका थिए ।