२१ श्रावण २०८३, बिहीबार
,
Latest
ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको… राष्ट्रियसभाको बैठक सुरु धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

साता कारोबारको पहिलो दिनमा नेप्से १९.४२ अंकले घट्यो



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढीरहेको नेप्से साताको पहिलो दिन आईतवार गिरावट आएको हो । आईतवार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले गिरावट आएर कारोबार बन्द भएको छ ।

आईतवार कारोबारमा आएका २८५ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहीवार नेप्सेको ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

आईतवार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ । जसमा लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ भने बैंक, वित्त, होटल तथा पर्यटन, विकास बंैक, लगानी, जीवन बीमा,निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आईतवार नेप्से घटेपनि ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर शुभम् पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 




भर्खरै