४ भाद्र २०८३, बिहीबार
,
Latest
‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला डुङ्गा दौडले दिलायो चीनलाई पहिलो स्वर्ण



अ+ अ-

एजेन्सी । आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो । ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन् ।

जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६ दशमलव ७८ सेकेण्डमा उज्बेकिस्तानकी लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभाले करिब १० सेकेन्ड पछि पारेका थिए । ताग्माटिभाले रजत पदकमा नै चित्त बुझाउनुपर्यो भने इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल भएका छन् ।

महिलातर्फको १० मिटर एयर राइफल प्रतियोगितामा भारतका रमिता, मेहुली घोष र आशी त्रिकुटले रजत पदक जितेर पहिलो दिनको विजयी सुरुवात गरेका छन् भने भारतीय सेनाका खेलाडीद्वय अर्जुन लाल जाट र अरविन्दले पुरुष लाइटवेट डबल स्कल्समा रजत पदक नै जितेका छन् । रोइङमा नै पुरुषको अर्को टोलीले रजत पदकमा कब्जा जमाएको छ ।

भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बङ्गलादेशलाई ८ विकेटले पराजित गर्दै रजत पदक सुनिश्चित गरेको छ । हालसम्म भारतले पाँच वटा रजत पदक आफ्नो पोल्टामा पारेको छ ।