२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूसँग असम्बन्धित छलफलमा बोलाएको प्रति गृहमन्त्रीको आक्रोश



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसमक्ष आक्रोश पोख्नुभएको छ ।

अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न आइतबार बिहान बोलाइएको समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।

“समितिका सभापतिले तपाईं नआई बैठक चल्न दिन्न भन्नुभयो, म सदासयता देखाएर मात्र आएको हो”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “म संसद्लाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मूल्य मान्यता पनि त हुँदो हो नि ! हामी पद्दतिमा चल्नु पर्‍यो  ।”

उहाँले आफू आएका बेलामा सबै विषयमा प्रश्न राख्ने भने संसद्मा जस्तै प्रश्नउत्तर राख्न सुझाव दिँदै भन्नुभयो, “म आएको बेलामा सधैँ यसरी प्रश्न गर्ने हो भने संसद्मा जस्तै गृहमन्त्रीसँग प्रश्नोत्तर राखिदिनुहोस् न समितिमा पनि । म आइहाल्छु नि, मन्त्री भएका कारण उठ, आइज भन्ने हुन्छ र !”