• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो

तलेजु भवानी र श्रीभैरवकोे पुजा गर्न पूर्वराजा भक्तपुर जाँदै



भक्तपुर । पूर्व राजा ज्ञानेन्द्र शाहबाट आज शक्तिको प्रतीक तलेजु भवानी र श्रीभैरवकोे पुजा गर्ने कार्यक्रम रहेको छ । भदौ शुक्ल नवमीको दिन भक्तपुरमा आउन लाग्नुभएका पूर्वराजा बाट आइतबार अपरान्ह भक्तपुरका प्रशिद्ध देवी देवताहरुको दर्शन र पुजाअर्चना गर्ने तय भएको छ ।

उहाँले भक्तपुर दरवार क्षेत्रको स्वर्णद्वारभित्र मुलचोकमा अवस्थित शक्तिको प्रतीक तलेजु भवानीको दर्शन र पुजा गरि प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम रहेको तलेजु भवानीका पुजारी प्रा.डा.सिद्धिवीर कर्माचार्यले बताउनुभयो । प्रा.डा.कर्माचार्यका अनुसार तलेजु भवानीको नित्य पुजा भने आइतबार विहानै सम्पन्न भईसकेको छ ।

मल्लकालीन समय अर्थात १४ औं शताब्दिमा तलेजु भवानी काठमाण्डौ उपत्यकामा आएपछि तत्कालिन मल्ल राजाले १५ औं शताब्दिमा सो मन्दीर स्थापना गरिएको इतिहास छ । मल्ल राजाको ५५ झ्याले दरवारको पश्चितर्फको मुलचोकमा रहेको मन्दीरमा आसीन तलेजु भवानी दरवार र राजाको शक्तिसंग सम्वन्धित रहेको जनश्रुती रहेको छ ।

नेवार समुदायको प्रमुख आराध्यदेवी रहेकी तलेजु काठमाण्डौ उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरका तत्कालिन मल्ल राजाहरुले आ—आफ्नो दरवारको आडैमा मन्दीर बनाएर विराजमान गराएर राखेका थिए । त्यसबेलादेखि तलेजुको नियमितरुपमा राजा, राजपरिवार र नेवार समुदायले विशेष पुजाआजा गर्दै आएका छन् भने आम हिन्दुहरुले पनि पुज्दै आएका छन् । शक्तिकी देवी तलेजु भवानीको मन्दीर वर्षमा एक पल्ट बडादशैंको नवौं दिन अर्थात नवमीको दिनमा मात्रै सर्वसाधारणको लागि खोल्ने गरिन्छ ।

तलेजु मन्दीरमा नित्य र विशेष पुजाको लागि प्रज्ञेशराज राजोपाध्याय, नरेन्द्र प्रसाद जोशी, पद्यमलोचन कर्मार्चाय, प्रा.डा.सिद्धिवीर कर्माचार्य, महेश कर्माचार्य, वीरेन्द्रप्रसाद जोशी, ज्ञानेन्द्रवीर कर्माचार्य र मृगेन्द्रराज राजोपाध्याय गरि ८ जना पुजारी हुनुहुन्छ । तीनै पुजारीहरुले आज पूर्वराजा ज्ञानेन्द्रलाई तलेजु भवानीको नित्य पुजाको टीका, माला र प्रसाद दिनुहुने कार्यक्रम रहेको छ ।

तलेजु भवानीमा २० मिनेटदेखि आधा घण्टाको कार्यक्रममा ज्ञानेन्द्रबाट मुलचोक, भैरव चोक र कुमारी चोकको पनि अवलोकन हुने बताईएको छ । उहाँ अपरान्ह २ बजे भक्तपुर आउनुहुने कार्यक्रम तय भएको छ ।

तलेजु भवानीको पुजापछि पूर्वराजा ज्ञानेन्द्र दरवार क्स्वायरबाट पैदल टौमढी गएर टौमढीमा रहेको श्री भैरवनाथको पुजा गर्नुको साथै सिद्धिलक्ष्मीको दर्शन गर्नहुनेछ ।

कुनै नयाँ कामको शुरुवात गर्नुअघि पुर्व श्री ५ ज्ञानेन्द्रबाट भक्तपुरका प्रशिद्ध देवदेवीको पुजा आजा हुन लागेको देखेर राजनैतिक दलका नेताहरुको मुटुमा भने ढ्यांग्रो बज्न थालेको महसुस हुन थालेको छ ।