२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा भयरथान मन्दिरको दर्शन



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गर्नुभएको छ । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सातसय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् ।

स्थानीय देवी गुरुङले राष्ट्रपतिको मिर्लुङ भ्रमणले आफूलाई खुसी लागेको बताउनुभयो । स्थानीय सुनमाया गुरुङले राष्ट्रपतिको आगमनले यस ठाउँको महत्व अझ बढेको बताउनुभयो ।

भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले राष्ट्रपति पौडेल भयरथानको बारेमा जानकार रहेको बताउँदै यस क्षेत्रको विकासका लागि उहाँ सदैव लागिरहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको जन्मठाउँ बाहुनपोखरासँगै जोडिएको यस ठाउँमा उहाँ विगतमा पनि आइरहनुभएको हो, यस ठाउँको विकासका लागि केही गर्छु भन्नुभएको थियो । आज राष्ट्रपतिका रुपमा उहाँको भ्रमणले हामीलाई उत्साह थपेको छ ।”

आजै राष्ट्रपति पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन गर्नुभएको छ । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज उद्घाटन गर्नुभएको हो ।

सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बिपी पार्क पनि उद्घाटन गर्नुभयो । राष्ट्रपति पौडेलले पार्कमा रहेको बिपी कोइरालाको सालिक अनावरण गर्नुभयो ।

सहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह निर्माण सम्पन्न भएको हो ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभागृहको क्षमता पाँच सय ९३ रहेको छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङस्थलको व्यवस्था छ ।