२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाखा विस्तारको लागि देश दौडाहामा राष्ट्रिय खाद्य बैंकको टोली



अ+ अ-

काठमाण्डौ । रैथाने कृषि उपजको उत्पादनमा वृद्धि र त्यसको सरल बजारीकरण गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यसहित २ वर्षअघि स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको व्यवस्थापन यतिखेर देशव्यापी रुपमा शाखा विस्तार गर्ने क्रममा रहेको छ ।

यसै सिलसिलामा सो बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेती, सल्लाहकार पुष्पराम केसी, आयात निर्यात विभाग प्रमुख रामशरण देउजा, जनसम्पर्क अधिकारी एवम् खोटाङ्ग जिल्ला सम्पर्क व्यक्ति कमल ढकाल र सम्पर्क समन्वय समितिका संयोजक हरिकृष्ण दाहाल कोशी प्रदेशमा पुगेका छन् ।

टोलीले कोशी प्रदेश अन्तर्गत भोजपुरको भोजपुर बजार र प्याउली खोटाङ्गको दिक्तेल बजार, धनकुटाको धनकुटा बजार, इटहरि तथा पाँचथरका व्यवसायीक किसान, कृषिजन्य व्यवसायमा आवद्ध व्यवसायीहरु, अन्य पेशा, व्यवसायी तथा बैंकरहरु, स्थानीय राजनीतिकर्मी, बुद्धिजीवि, समाजसेवी तथा विभिन्न पालिकाका पदाधिकारीहरुसंग छलफल अगाडि बढाएको छ ।

विभिन्न पक्षसंगको अन्तरसंवाद र छलफलपछि राष्ट्रिय खाद्य बैंकको टोलीको रोहवरमा खोटाङ्ग जिल्ला सदरमुकाम दिक्तेलमा बैंकको शाखा कार्यालय गठन गरेको छ ।

युवराज रिजालको संयोजकत्वमा गठित समितिको सदस्यमा इन्दिरा पोखरेल ढकाल र गोपाल आचार्य छन भने सल्लाहकारहरुमा विष्णुकुमार राई, रमेशकुमार पौडेल, राजन आचार्य र रामप्रसाद दंगाल छन् ।

शाखा कार्यालय स्थापना कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु कुमार राई, नेकपा एमालेका केन्द्रीय सदस्य रमेश कुमार पौडेल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिपक पाण्डे लगायत खाद्य बैकका शुुभचिन्तक, स्थानीय समुह र कृषकहरुको ठुलो सहभागिता रहेको दौडाहा टोलीमा रहेका सो बैंकका आयात निर्यात विभाग प्रमुख रामशरण देउजाले बताए ।

यसैगरि बैंकको टोलीले भोजपुरमा शाखा स्थापना गर्ने विषयमा स्थानीय किसान, बुद्धिजीवि तथा पत्रकारहरुसंग अन्तरसंवाद गरेको छ ।

अन्तरसंवाद र छलफलमा सो बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेती, सल्लाहकार पुष्पराम केसी, आयात निर्यात विभाग प्रमुख रामशरण देउजाले बैंकको उद्धेश्य, रणनीति र कृषिमा देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिएका थिए ।