• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

अल नासरको रोमाञ्चक जित, रोनाल्डोले गरे दुई गोल



एजेन्सी । साउदी प्रो लिग अन्तर्गत पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार केएसयु फुटबल फिल्डमा भएको खेलमा नासरले अल अहिललाई ४–३ गोलले पराजित गरेको हो । खेलको चौंथो मिनेटमा नै रोनाल्डोले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । १७ औं मिनेटमा तलिस्काले गोल गर्दै नासरको अग्रता दोब्बर पारे ।

यता, ३० औं मिनेटमा फ्रान्क केसेइले गोल गर्दै अहिलको अग्रता घटाउँदै १–२ मा ल्याए । तर, पहिलो हाफको इन्जुरी समयमा तलिस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै नासरलाई ३–१ गोलले अघि बढाए । ५० औं मिनेटमा अहिलले पेनाल्टी पायो । त्यसलाई रियाद माहरेजले खेर जान दिएनन् ।

उनले अग्रता २–३ काृ स्थितीमा ल्याए । ५२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दा नासर ४–२ ले अघि बढ्यो । यता, ८७ औं मिनेटमा फेरास अलव्रिकनले अहिलका लागि तेस्रो गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

यो नतिजासँगै अल नासर ७ खेलबाट १५ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । समान खेलबाट समान अंक रहेपनि जीडीका कारण अहिल छैटौं स्थानमा छ ।