१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क इण्डेक्शन चुलो पुर्याउन सरकारसँग नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूको माग (भिडियो सहित)



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताउनु भएको छ । 

सोमबार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताउनु भएको हो । उहाँले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताउनु भयो । मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘म अहिले सकारात्मक ढंगले सोच्छु, मसँग बजेटहरु केही पनि छैन मन्त्रालयमा, नेपाल सरकारले अर्थमन्त्रालयलाई भनेर बजेट उपलब्ध गरायो भने यो काम गर्न खुशी छु ।’

अनेरास्ववियूले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरुमा निःशुल्क इण्डेक्शन चुलो पुर्याउन सरकारसँग माग गरेको छ । त्यसैगरी पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्ध रुपमा काम गर्न सरकारलाई आग्रह पनि गरिएको छ ।




भर्खरै