२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि



अ+ अ-

काठमाडौँ । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । शुक्रवार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो ।

तर, राहत शिक्षकहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले संसदको प्रक्रियालाई मान्दै शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको बताउनु भयो ।

शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुनेगरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रवन्ध गर्ने सहमति भएको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजुदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजिकरण गर्ने सहमति पत्रमा उल्लेख छ ।

यस्तै,नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, कार्यसम्पादन मूल्याङ्कन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मुल भुमिका हुनेगरी व्यवस्था गर्ने विषयमा सहमति जुटेको छ ।

प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द्व प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था गर्ने, प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पूर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने विषय सहमतिपत्रमा उल्लेख छ । शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने र यस विषयमा सम्बन्धित शिक्षा कार्यालयबाट समन्वय गर्ने विषयमा पनि सहमति जुटेको छ ।

मन्त्री शर्माले भन्नुभयो, ‘शिक्षक साथीका प्रतिनिधिहरुसँग हाम्रो विचमा छलफल भयो । छलफल भइसकेपछि मुलभुत रुपमा उहाँहरुले जे जे कुरा उठाउनुभएको छ । विधेयक संसदमा गइसकेको छ । संसदीय सर्वोच्चतालाई एक प्रकारले मानेर जाने कुरा हुन्छ । संसदको प्रक्रियालाई मान्दै शिक्षकहरुले उठाएका जतिपनि माग छन् । ती मागहरुमा छलफल भएर निस्कर्ष निस्किएकोमा मागहरुका विषयमा संसदमा सहजिकरण गर्ने प्रतिवद्धता गरेका छौँ । सात बुदाँमा सहमति भएको छ । मोटामोटी सहमति भएको छ । संविधानलाई नै टेकेर सहमति भएको हो । संविधान भन्दा बाहिर जाने अधिकार कसैलाई पनि छैन । शिक्षकको आन्दोलन भोलिदेखि फिर्ता हुन्छ ।’

संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले सरकार र आन्दोलनरत शिक्षकबीचको सहमतिमा राहत शिक्षकहरूले असन्तुष्टि जनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पेशागत संघ संगठनका अध्यक्षहरु थियौँ । हामीले उठाएका मुद्दाहरुसँग सम्बन्धित सम्पूर्ण अध्यक्षहरु वार्तामा थियौँ । सबै अध्यक्ष ज्युहरुले सहमति भएको भनेर स्वीकार्नुभएको छ । यसलाई लेखिँदैछ । राहत शिक्षकहरुले उठाएका कुराहरु परेका छन् । गृहमन्त्री ज्युले हस्ताक्षर गरेपछि सबैले हस्ताक्षर गर्नुहुन्छ ।’

गत असोज ३ गतेदेखि शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्ने लगायत १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधवारदेखि काठमाडौंमा आन्दोलन थालेको थियो ।