२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सभामा दुई सांसद अनुपस्थित



अ+ अ-

कास्की । गण्डकी प्रदेशसभाको बैठक जारी रहँदा दुई सांसद भने अनुपस्थित रहेका छन् । 

कांग्रेस-माओवादी सहितका दलले पेस गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन स्वतन्त्र सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित हुनुभएको हो । उहाँहरुको फोन पनि स्वीचअफ रहेको बताइएको छ । 

मतदानका बेलासम्म उहाँहरु उपस्थित नभए पृथ्वीसुब्बा गुरुङको सरकार जोगिने देखिन्छ ।

अविश्वास प्रस्ताव पारित हुन ६० सदस्यीय प्रदेशसभामा ३१ मत चाहिन्छ । जसमध्ये कांग्रेसको १५ र माओवादीको ११ सांसदसहित २६ जना छन् । जसपाका २ जना छन् ।

जनमोर्चाका दुवै सांसदले अविश्वासको पक्षमा मतदान गरेपनि अविश्वास प्रस्ताव पारित हुने सम्भावना कम छ । जसका लागि एमालेका एकजना माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेमा सरकार संकटमा पर्नेछ ।