• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा



बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने भएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार द्धितीय पुरस्कार रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद रु २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु ११ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

कात्तिक पहिले सातादेखि प्रतियोगिता गर्ने तयारी भइरहेको जनाउँदै आयोजनाको बारेमा थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठकका लागि सम्बन्ध सबैलाई बोलाइएको अध्यक्ष चन्दले बताउनुभयो । बैठकपछि प्रतियोगिताको मिति र अन्य थप जानकारी सार्वजनिक गरिने उहाँको भनाइ थियो ।

यसअघिका दुई संस्करणमा टेनिस बल खेलाएको भए पनि यस वर्ष ड्युज बल खेलाउने आयोजकले जनाएको छ । सहभागी हुने टोलीका लागि यही असोज १३ गतेदेखि २७ गतेसम्म दर्ता समय राखिएको छ ।

प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि सम्पन्न दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ), पाटनले लिएको थियो भने पहिलो संस्करणको च्याम्पियन कैलपाल क्रिकेट क्लब भएको थियो । रासस