२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजारौं शिक्षकहरुले प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगर्नु विडम्बना हो– पदम गिरी



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले शिक्षक आन्दोलनमा समर्थन जनाउँदै उनीहरुका माग यथाशिघ्र पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख सचेतक गिरीले तत्काल वार्ताबाट समाधान गरी शिक्षकलाई विद्यालयमा फर्काउन सरकारलाई आग्रह गरेका छन् । सार्वजनिक शिक्षालाई गुणस्तरीय, प्रतिस्पर्धी र विश्व बजारमा बिकाउ बनाउन धेरै ठुलो सुधारको खाँचो रहेको बताउदै उनले सडक आन्दोलन गरिरहेका शिक्षकका मागमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

‘सम्बन्धित सबै पक्षसँग परामर्श गरी शिक्षा विधेयक आउनु पर्थ्यो तर त्यसो भएन । जसका कारण देशैभरीबाट हजारौं गुरुहरु अनेक दुखकष्ट सहेर काठमाडौं आई सडक आन्दोलन गरिरहनु भएको छ । जसका कारण लाखौँ विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ । तसर्थ शिक्षकहरुको न्यायोचित मागहरु यथाशिघ्र पूरा गरी खुसी मनका साथ विद्यालय शिक्षकहरु कार्यस्थलमा फर्कने वातावरण बनाउन सरकारसँग माग गर्दछु।’, उनले भनेका छन् ।

गिरीले हजारौं शिक्षकहरु काठमाडौंमा धर्ना दिँदै प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगरेको आरोप लगाएका छन् । उनले भने,’ ४ दिन सम्म हजारौं शिक्षकहरु काठमाडौका सडकमा धर्ना दिँदै प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगर्नु विडम्बना हो । तुरुन्त वार्ता मार्फत समाधान दिन आग्रह गर्द्छु ।’