१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई
अ अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैङ्गिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउँदै आउनुभएका शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारको राशि रु एक लाख ५१ हजार रहेको छ ।

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिलका पूर्वअध्यक्ष स्व गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उहाँको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।

विसं २०५२ देखि विभिन्न मिडियामा काम गर्दै आउनुभएका निर्मला शर्मा पछिल्लो समय समकोण टिभी कार्यक्रमको उत्पादक तथा प्रस्तोता हुनुहुन्छ । शर्मासँग विगत २८ वर्षदेखि निरन्तररूपमा विभिन्न सञ्चार माध्यममा रिपोर्टर हुँदै सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।

उहाँले श्री सगरमाथा र एभरेष्ट हेराल्ड राष्ट्रिय दैनिक पत्रिकाको रिपोर्टर, रेडियो नेपाल र रेडियो नेपालको घटना र विचार कार्यक्रमको रिपोर्टर, सारथी साप्ताहिक तथा रेडियो सगरमाथामा लामो समय रिपोर्टर भई काम गर्नुभएको थियो ।

कान्तिपुर एफएम र उज्यालो एफएफमा पनि दुई वर्ष साप्ताहिकरूपमा कार्यक्रम चलाउनुभएका शर्माले पोखराबाट प्रकाशन हुँदै आएको आदर्श समाज दैनिकको संवाददाता भएर केही वर्ष काम गर्नुभएको थियो ।

हाल उहाँ खोज पत्रकारिता केन्द्रको उपाध्यक्ष, दक्षिण एशियाली पत्रकार महिला सञ्जाल ९स्वाम० नेपालको अध्यक्ष र नेपाल पत्रकार महासङ्घको सल्हाहकार पनि हुनुहुन्छ ।

महिला पत्रकारहरूको साझा संस्था सञ्चारिका समूहको दुई कार्यकाल अध्यक्ष भएको बेला देशभरिका पत्रकारितामा महिलाहरूको सङ्ख्या बढाउनका लागि तालिम र गुणात्मक वृद्धिका लागि पनि उहाँसँग काम गरेको अनुभव छ । उहाँ महिला खबर डटकमको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

उहाँले २०६२/६३ को जनआन्दोलनमा जनअधिकार र प्रेस स्वतन्त्रताका लागि पत्रकार महासङ्घको केन्द्रिय सदस्य र दक्षिण एसियाली पत्रकार सङ्गठनको महासचिवको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

साथै उहाँले विभिन्न दैनिक, साप्ताहिक, म्यागेजिन र अनलाइनमा समसामयिक विषयमा लेख लेख्दै आउनुभएको छ ।

काउन्सिलले विसं २०५७ सालमा पहिलोपल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापा र त्यसअघि काउन्सिलका संस्थापक समेत रहनुभएका अग्रज पत्रकार भारतदत्त कोइरालाले प्राप्त गर्नुभएको थियो ।

प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला हुनुहुन्छ ।

प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा यही असोज ६ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा शर्मालाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

सोही दिन यो वर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत, सशक्त सञ्चारकर्मी, आचारसंहितासहितका पुरस्कारसमेत प्रदान गरिनेछ । साथै पत्रकारितामा लामो समयदेखि योगदान पुर्याउनुहुने विभिन्न पत्रकारलाई सम्मानसहित वार्षिकोत्सव मनाउने तयारीसमेत भइरहेको छ । रासस