• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

भारतले बन्द गर्यो क्यानडामा भिसा सेवा



काठमाडौँ। भारतले क्यानाडामा भिसा सेवा बन्द गरेको छ । क्यानडास्थित भारतीय नियोगले सञ्चालन समस्याका कारणले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरिएको जनाएको छ ।

भारतको भिसा आवेदन ह्यान्डल गर्ने कम्पनी बीएलएसको वेबसाइटबाट यो जानकारी सेयर गरिएको छ । “भारतीय मिशनबाट महत्त्वपूर्ण जानकारी– परिचालन कारणहरूले गर्दा, भारतीय भिसा सेवाहरू २१ सेप्टेम्बर २०२३ देखि अर्को सूचना नभएसम्म निलम्बन गरिएको छ।

थप अपडेटहरूको लागि कृपया बीएलएस वेबसाइट जाँच गरिरहनुहोस्”, क्यानाडाको इन्डियन भिसा सेन्टरले आफ्नो वेबसाइटमा उल्लेख छ । क्यानाडामा खालिस्तानको माग गर्ने एक सिख नेताको हत्या भएपछि भारत र क्यानडाबीच कूटनीतिक विवाद जारी छ ।

यसअघि क्यानाडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको थियो। यसपछि भारतले पनि क्यानाडाली कूटनीतिज्ञलाई पनि निष्कासन गरेको थियो ।