२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम समुदायलाई राजनीतिक अधिकारका लागि उपयोग मात्र गरियो– ताज मोहम्मद मिया



अ+ अ-

काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालका अध्यक्ष तथा इन्चार्ज ताज मोहम्मद मियाले राजनीतिक अभियानमा मुस्लिम समुदायलाई उपयोग मात्र गरिएको तर अधिकार नदिइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

“फेरि मुस्लिम समुदाय अधिकारका लागि उठ्नु पर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो । नेपाली मुस्लिम समुदाय धार्मिक सहिष्णुता ,सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्वाधीन देश नेपालको अभियानमा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि पुनः उठ्नु पर्ने जनाउनुभयो । हिजो जुनसुकै आन्दोलनमा यो समुदायले आफ्नो ज्यानको आहुती समेत दिन पछि नपरेको उल्लेख गर्दै उहाँले देशप्रति दायित्व पूरा गर्न कुर्बानीसमेत दिएको ज्वलन्त प्रमाण ताजै रहेको स्पष्ट गर्नुभयो ।

अध्यक्ष मियाले मुस्लिम समुदायको सम्मानसहित जिउन र संवैधानिक अधिकारको व्यवहारमा प्रयोग सुनिश्चित गर्न एकचोटि आफ्नो लागि उठ्नु पर्ने अवस्था आएको जनाउनुभयो ।

उहाँले नेपाल र नेपालीको भलो नचाहने उग्र तत्व र विदेशीको आँखामा घरीघरी बिजाउने र मुस्लिम समुदायको हत्यासमेत हुने गरेको स्मरण गर्नुभयो । उहाँले नेपाली मुस्लिम समुदाय बिनाबर्दीको सेना भएको उल्लेख गर्दै राष्ट्रवादको विषयमा पटक पटक परीक्षा दिनुपरेको गुनासो गर्नुभयो ।