२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द्रुत बस सेवा’ एक घण्टाको अन्तरालमा दुईवटा बस



अ+ अ-

काठमाण्डौ । बुधबारदेखि औपचारिक रुपमा उद्घाटन गरि विहीबारदेखि सञ्चालनमा ल्याएको ‘उपत्यका द्रुत बस सेवा’को पहिलो दिनमै विहान ९ देखि १० बजे एकघण्टाको अन्तरालमा दुईवटा बसले मात्रै सेवा दिएको पाइयो ।

सुर्यविनायक र रत्नपार्कदेखि एकै समयमा विहान ९ बजे र साँझ ४ बजे हरेक ५/५ मिनेटमा छुट्ने भनिएको बस सुर्यविनायकदेखि पहिलो कोटेश्वरमा बस विहान ९ बजेर ३४ मिनेटमा आईपुगेको थियो भने दोस्रो बस ९ बजेर ५६ मिनेटमा आईपुग्यो ।

पहिलो बसलाई सुर्यविनायकबाट कोटेश्वरसम्म आउँदा ३४ मिनेट लाग्यो । निर्धारित समयमा अर्थात ४५ मिनेटमा सो बस रत्नपार्कसम्म पुग्ने कुनै संभावना नदेखिएको द्रुत बसको सेवा हेर्न कोटेश्वर चोकमा उभिएका कोटेश्वर व्यवसायी संघका निवर्तमान अध्यक्ष विकास श्रेष्ठले बताए ।

रातो बत्तिमा समेत नरोकिने भनिएको द्रुत सेवाको बस जेब्रा क्रसमा पैदल यात्रुको भीडले केही बेर रोकिएको थियो ।

४० सिट क्षमताका द्रुत सेवाका २५ वटा बसले बिहीबारदेखि विहान ९ देखि ११ र अपरान्ह ४ देखि ६ बजेसम्म सेवा दिने भनिएको थियो ।

द्रुत बस कतिखेर आउला भनेर सडक किनारमा उभिएका दर्शक प्रहरीको अगुवा पछुवा लिएर आएको पुर्व प्रधानमन्त्री केपी ओलीको सेतो प्राडो गाडी देखेर मन खिन्न बनाएका देखिन्थे ।

द्रुत बसको लागि भनेर सडकको देव्रेतिर रातो रंगले रंगिएको सडकबाट अरु नीजि मोटरसाइकल या गाडीहरु गुडाउने कि नगुडाउने भनेर चालकहरु अलमल्लमा परेका देखिन्थ्यो । जसका कारण ठुला सवारी साधनसंग साना गाडी र मोटरसाइकलहरु ठोक्किएको पनि देखियो ।

पहिलो बसभन्दा दोस्रो बसमा क्षमताभन्दा दोव्वर यात्रु खचाखच भरिएको देखेता पनि ट्राफिक प्रहरीले भने यात्रुतिर कुनै ध्यान दिएको देखिएन् ।

भौतिक पुर्वाधार मन्त्रालयको समन्वयमा नीजि क्षेत्रबाट सञ्चालित काभ्रे नगर बसलाई नै हाल दैनिक ४ घण्टाको लागि द्रुत बस सेवामा रुपान्तरण गरिएको हो ।