२२ श्रावण २०८३, शुक्रबार
,
Latest
जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारलाई अध्यक्ष राईको ध्यानाकर्षण खाना पकाउने एलपी ग्यास नियमित माग धान्नसक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी पाँच कुटनैतिक नियोग बन्द गरिँदै स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल नेपाल शिक्षक महासंघले भन्यो–अबको आन्दोलन विगत भन्दा सशक्त हुनेछ सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट, न्यायप्राप्तिका सरोकारबारे छलफल जेन-जी आन्दोलनका शहीदका परिवार र घाइतेसँगको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक आन्दोलनले काठमाडौंको सवारी अस्तव्यस्त



अ+ अ-

काठमाडौँ । देशभरका शिक्षकहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानी काठमाडौँ केन्द्रित भएर आन्दोलन गरिरहेका छन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा विभिन्न जिल्लाबाट काठमाडौँ आएका शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलनले माइतीघर मण्डला आसपासका सडक अस्तव्यस्त भएको छ । बुधबार  माइतीघर मण्डलादेखि नयाँ बानेश्वरम्म प्रदर्शन गरेका उनीहरूले आजदेखि थप आन्दोलनका कार्यक्रम चर्काउने चेतावनी दिएका छन् ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति जनाउदै उनीहरु सडकमा उत्रिएका हुन् । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।शिक्षकहरू आन्दोलनमा उत्रिएपछि आजदेखि देशभरका सामुदायिक विद्यालयहरु बन्द भएका छन् ।

बिहीवार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल शुरु गरेपनि वार्ता निष्कर्ष बिहीन भएको छ ।