२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लगानी भित्र्याउन पहल लिन गैर आवासीय नेपाली संघलाई अध्यक्ष ढकालको आग्रह



अ+ अ-

जापान । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैर आवासीय नेपाली संघलाई आग्रह गर्नुभएको छ ।

नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली सङ्घको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य उद्योग लगायत धेरै क्षेत्रमा लगानी विस्तारकाे प्रचुर सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी जुटाउन तथा प्रविधि भित्राउन गैरआवासीय नेपाली संघले मुलुक बाहिरबाट विशेष पहल गर्न सक्ने बताउनुभयो ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले गैर आवासीय नेपालीहरूसंगको सहकार्यमा आइएमई ग्रुपले जलविद्युत् पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताउँदै नेपालमा धेरै र नयाँ सम्भावनाहरु रहेको र तिनीहरुमा लगानी र प्रविधि भित्राउन सकियो भने त्यसबाट आफ्नो मातृभूमिलाई योगदान गर्नुका साथै यथोचित फाइदा समेत लिन सकिने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली सङ्घ बीच सुमधुर सम्बन्ध रहेको बताउँदै महासंघले गैरआवसीय नेपालीलाई नेपालमा उपयुक्त साझेदार छनौटको लागि समेत सहयोग गर्न सक्ने बताउनुभयो ।

उहाँले पर्यटन पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, केबलकार, रिजोर्ट तथा थिम पार्कहरुमा लगानी प्रवद्र्धनसँगसँगै प्रत्येक लगानीकर्तालाई नाफाको हिस्सेदार बनाउन सकिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो मातृभूमिमा लगानी गरी रोजगारी सृजना गर्ने तथा उचित मुनाफा कमाउने अवसरहरु छोप्न गैर आवासीय नेपाली संघका‌ साथीहरू तयार हुनुहुन्छ भन्ने विश्वास लिएकाे बताउनुभयो ।

उहाँले उद्यमशीलता मार्फत नेपाललाई समृद्ध बनाउने यात्रामा गैर आवासीय नेपाली संघ र महासंघसँगसँगै अघि बढ्न र नेपालको सम्मृद्धि र समुन्नतिसँग जोडिएको विश्वभर रहेका नेपालीहरुको सम्मान र सपना साकार पार्न सबैले पहल गर्नुपर्ने बताउनुभयो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानले आयोजना गरेको उक्त कार्यक्रममा १०० जनाभन्दा बढी गैरआवासीय नेपालीहरूको उपस्थिति रहेको थियो ।