३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकहरु शिक्षा विधेयकविरुद्ध आन्दोलित, काठमाडौंको सवारी अस्तव्यस्त



अ+ अ-

काठमाडौँ । देशभरका शिक्षकहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानी काठमाडौँ केन्द्रित आन्दोलन सुरू गरेका छन् ।  विभिन्न जिल्लाबाट काठमाडौँ आएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म अहिले र्याली सुरु भएको छ । राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन् ।

उनीहरुले सरुवा बढुवा, दरबन्दीलगायतका मुद्दा साथै स्थानीय तह मातहत नबस्ने बताउँदै आएका छन् । शिक्षकहरूको सडक आन्दोलनले काठमाडौँको सडक अस्तव्यस्त भएको छ ।