• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा ★   गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा ★   संसदमा जे देखियो- फोटो फिचर

सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै



दोलखा । सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ । जताततै बारीका गराबाट बर्खे आलुु खन्दै गरेका देश्य देखिन्छन् । आलै माटोबाट आलु झिक्न नपाउँदै यहाँका कृषकले काउली, बन्दालगायत तरकारी लगाउन थालिसकेका छन् । बारीका गरा निकै सुन्दर र हरियाली देखिन्छन् ।

दोलखाको शैलुुङ गाउँपालिका–८ शैलुुङ डाँडाको तल्लो भागमा स्थानीयले बन्दा, काउली, मटरकोसा, केराउ, गाँजर, हिरोयो मकैलगायत बेमौसमी तरकारी खेती गरेका छन् । यहाँका किसानले लाखौँ मूल्य बराबरको आलुु बिक्री गरेका छन् ।

स्थानीय लालबहादुर श्रेष्ठका अनुसार यो ठाउँ निकै अग्लो स्थानमा पर्ने भएकाले पनि यहाँको आलुु, काउली, बन्दालगायत तरकारी बारीमै ठेक्का लाग्छ । यहाँको तरकारी बढीजसो काठमाडौँ बिक्रीका लागि लैजाने गरिन्छ । शैलुुङ माथिको भागझोर, मनागाउँ, कालापानी, ढुङ्गे, छाँगा गुुफा, फालाटे, चित्रे पाखा, भैंसे, खोरण्डे, कुने, डोबाटालगायत स्थानमा यावसायीकरुपमा तरकारी खेती गरिँदै आएको छ । तरकारी खेतीले दिनचर्या फेरिएकामा किसान दङ्ग छन् । किसानले तरकारी खेतीबाटै आफ्नो घरखर्च मात्रै चलाएका छैनन् छोराछोरीलाई पढाउने खर्चसमेत जुटाउँदै केही रकम बचतसमेत गर्ने गरेका छन् ।

कुनै बेला आफ्नो बारीबाट जति गरे पनि खान सम्म नपुुग्ने यहाँका कृषक अहिले व्यावसायीक तरकारी खेतीमा लागेपछि आयआर्जन बढेको छ । किसानले एकै याममा रु पाँच लाखसम्मको तरकारी बेच्छन् । शैलुुङ–८ कालापानीका गोपाल थपलिया काउली बेचेर घरखर्च चलाउन सहज भएको बताउनुहुन्छ । सोही ठाउँका लालबहादुर श्रेष्ठले पनि यसपाली रु तीन लाखको काउली बेचेको सुनाउनुभयो । यहाँका कृषक व्यावसायीक रुपमा तरकारी खेतीमा लागेका छन् । कतिपय किसान व्यावसायीक चौंरी पालनमा छन् भने कोही भेडाबाख्रा पालनमा व्यस्त भेटिन्छन् ।

लोप हुँदै गएको भेडापालनबाट समेत यहाँका किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । यहाँ घुम्न आउने आन्तरिक पर्यटक किसानले उत्पादन गरेको तरकारी लिएरै फर्किने गरेका छन् । स्थानीय कृषकको एउटै गुनासो छ, “हामीले व्यावसायीकरुपमा खेती गर्दा सरकारले हाम्रो उत्पादन गर्न सहयोग गरेको छैन, सडक सुविधा नहुँदा उत्पादित काउली, गाँजर, मटरकोसा, आलु बारीमै कुहिँदा दु:ख लाग्छ ।”

अहिले शैलुुङका सबैजसो कृषक व्यावसायीक खेतीमा लागेका छन् । यहाँ उत्पादित सामग्री काठमाडाँै पुुग्छ । शैलुुङका किसानले उत्पादन गरेको आलुुलाई मुुडेको भन्दै बेच्ने गरेको देख्दा मन खल्लो हुने गरेको स्थानीय कृषक लालबहादुर श्रेष्ठ बताउनुहुन्छ । यहाँको आलुु तथा अन्य तरकारी बजारीकरण गर्न स्थानीय समाजसेवी तथा पर्यटनको क्षेत्रमा काम गर्दै आउनुभएका सोभित उप्रेती लागि पर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “शैलुुङका किसानको आर्थिक अवस्था बलियो बनाउनका लागि तरकारी बजारीकरण गर्न पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । यहाँको सडक बाह्रै महिना चल्ने बनाउन सके किसानले पसिनाको मूल्य पाउने उपे्रतीको भनाइ छ । रासस