५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा विधेयकमा संविधान प्रतिकूल नहुने र अर्थतन्त्रले धान्ने मागमा सरकार छलफल गर्न तयार छ : कार्यबाहक प्रधानमन्त्री



अ+ अ-

काठमाडाै‌ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धन्न सक्ने विषयवस्तुहरु संसद्मा दर्ता एको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन गर्न सकिने बताउनुभएको छ ।

राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री खड्काले विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफ्नो नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेर विधेयक दर्ता गराएकाले अझै कुनै विषयमा भएमा वार्ता र छलफलबाट सम्बोधन गर्न सकिनेमा स्पष्ट गर्नुभयो ।

उहाँले नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आव्हान गर्दै संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धन्न सक्ने विषयवस्तुहरुमा सरकार तत्पर रहेको स्पष्ट गर्नुभयो । उहाँले विधेयक दर्तापछि महासङ्घका के के असन्तुष्टि भन्ने सरकारलाई थाहा नभई उसले आकस्मिकरुपमा यही असोज ३ गतेदेखि विद्यालय बन्दलगायत एकाएक विरोधका कार्यक्रम ल्याएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याका विषयमा पनि आवश्यक सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशनमा कार्य भइरहेको जानकारी गराउनुभयो ।

कार्यबाहक प्रधानमन्त्री खड्काले सरकार संविधानको मौलिक हकका रुपमा रहेको निःशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको स्पष्ट गर्दै तीन तहका सरकारबीच उचित समन्वय र सहकार्यमा उक्त हकलाई कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पाठ्यक्रममा सुधार र पठनपाठनमा विविधीकरण गरी शिक्षाको पहुँच र गुणस्तर बढाउनुपर्ने उल्लेख गर्दै सरकारले मानव स्रोत विकास योजना बनाइ प्रतिस्पर्धी जनशक्ति तयार गरी रोजगार बजार अनुकू हुने नीति तर्जुमा गर्ने जानकारी गराउनुभयो ।