२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले पनि गर्यो क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला



अ+ अ-

नयाँ दिल्ली । क्यानाडाले भारतको गुप्तचर एजेन्टलाई  निष्कासन गरेको र एक सिख पृथकतावादी नेताको हत्यामा भूमिकाको आरोप लगाएको केही घण्टापछि भारतले मंगलबार एक क्यानाडाली कूटनीतिज्ञलाई देश छोड्न पाँच दिनको सूचना दिएर निष्कासन गरेको जनाएको छ।

यो घटनाक्रम दुई देशबीचको बढ्दो विवादमा पछिल्लो हो । क्यानाडाले यसै वर्षको जुनमा ब्रिटिश कोलम्बियामा भएको हत्यामा भारतीय सरकारी एजेन्टहरूलाई जोड्ने विश्वसनीय आरोपहरू सक्रिय रूपमा काम गरिरहेको बताएको थियो ।

नयाँ दिल्लीस्थित क्यानाडाली उच्चायुक्त वा राजदूतलाई बोलाएर निष्कासनको निर्णयबारे जानकारी गराइएको भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।

“यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नतामा भारत सरकारको बढ्दो चिन्तालाई प्रतिबिम्बित गर्दछ” मन्त्रालयले भनेको छ, “सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको छ ।” रोयटर्स