२५ कार्तिक २०८१, आईतवार
,
Latest
सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौंः खानेपानीमन्त्री यादव मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती सन्दर्भ फाल्गुनन्द जयन्ती : कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै आज देशभरको मौसम सफा रहने यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा रामपुरका दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स



अ+ अ-

रामपुर । पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ ।

नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्यचौकी र वडा नं १० स्थित गेझा स्वास्थ्यचौकीलाई एक÷एकवटा एम्बुलेन्स नगरप्रमुख रमणबहादुर थापाले आज सम्बन्धित वडाध्यक्ष र स्वास्थ्यचौकीप्रमुखलाई हस्तान्तरण गर्नुभयो ।

नगरपालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवाउपलब्ध गराउन सकियोस भनेर एम्बुलेन्स बिस्तार गरिएको उहाँको भनाइ थियो ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिव तथा विपन्न परिवारका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमालगायत स्वास्थ्यकार्यक्रम समावेश गरी सञ्चालन गरिरहेको छ । रासस