३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरितालिका तीज: महादेवको पूजा आराधना गरी मनाइँदै (भिडियोसहित)



अ+ अ-

काठमाडौं । आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा तिर्थालु, एवं व्रतालु महिलाहरुको भीड छ ।

अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनशायसहित व्रत बस्ने चलन छ । निराहार व्रत बसे मनोकामना पूरा हुने शास्त्रोक्त कथन छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ । वरदान विपरित पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरित भगवान विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाउनु भयो ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तिज) को व्रत लिने प्रचलन शुरु भएको शास्त्रीय कथन छ ।