• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रिमियर लिगः आर्सनलद्वारा एभर्टन पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल लिन्ड्रो ट्रोसार्डले गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले खेलको ६९ औं मिनेटमा गोल गरेका हुन् ।

पहिलो हाफमा आर्सनलका गाव्रियल मार्टीनेलीले चोट बोकेपछि उनको स्थानमा ट्रोसार्ड मैदान छिरेका थिए ।

यो जितसँगै आर्सनल ५ खेलमा १३ अंक जोडेर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । यता, एभर्टन समान खेलमा १ अंकसहित १८ औं स्थानमा छ ।