६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैह्रिगाउँ सामूहिक हत्यामा सम्लग्न व्यक्ति भक्तपुरबाट पक्राउ, प्रहरीले सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा शुक्रवार मध्यराति दिब्य सःमिलमा चार जनाको भएको सामूहिक हत्यामा सम्लग्न व्यक्तिको पहिचान खलेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा सम्लग्न भएको आरोपमा आइतबार थप एकजना शंकास्पदलाई पक्राउ गरि घटनाको प्रारम्भिक अनुसन्धानबाट सम्लग्न व्यक्ति खुली सकेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायवमहानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उक्त सामुहिक हत्यामा सम्लग्न भएको आरोपमा आज थप एकजनालाई पक्राउ गरिएको छ, घटनाको प्रारम्भिक अनुसन्धानबाट सम्लग्न व्यक्ति खुली सकेकोले पत्रकार सम्मेलन गरी हत्यारा सार्वजनिक गरिने छ ।”

निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त सामुहिक हत्यामा दिब्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी श्रीमती अम्बिका भुजेल, ७० वर्षीया आमा सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राई रहेका छन् ।

उनीहरुको टाउको र शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ ।